सेयरबजारमा आज हरियाली छाएको छ। बजार परिसूचक नेप्से ६.६८ अंकले बढेको हो।
क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज शून्य दशमलव ५७ अंकले बढेको छ।
आज २२७ कम्पनीको २८ लाख ७६ हजार कित्ता सेयर बिक्री भएको छन्। यो भनेको १ अर्ब रुपैयाँको कारोबार हो।
आज १३ मध्ये सामूहिक लगानी कोष, अन्य, उत्पादन, होटल र पर्यटनको सूचक घटेको छ।
आज रुरु जलविद्युतका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले पनि ९.१८ प्रतिशत कमाएका छन्।
लगानीकर्ताले आज २.८६ प्रतिशतसम्म गुमाएका छन्। रिडी पावर कम्पनीको सर्वाधिक ८ करोडको सेयर कारोबार भएको छ।
21
Shares
प्रतिक्रिया