ad ad

राजनीति


चित्रबहादुर केसी बागलुङ-१, दुर्गा पौडेल प्युठानबाट उम्मेदवार

चित्रबहादुर केसी बागलुङ-१, दुर्गा पौडेल प्युठानबाट उम्मेदवार

नेपालखबर
भदौ १९, २०७९ आइतबार १४:३९, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादृुर केसी बागलुङ क्षेत्र नं १ बाट उम्मेदवार हुने भएका छन्। यस्तै, उपाध्यक्ष दुर्गा पौडेललाई प्युठानबाट उठाउने जनमोर्चाले निर्णय गरेको छ ।

शनिबार बसेको राष्ट्रिय जनमोर्चा संसदीय बोर्डको बैठकले दुई जिल्लाका उम्मेदवार सार्वजनिक गरेको हो। 

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ बागलुङ र प्युठानमा उम्मेदवार तय गरिएको संसदीय बोर्डका अध्यक्ष एवम् पार्टी अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

बोर्ड बैठकले विभिन्न जिल्लाका प्रतिनिधि र प्रदेश सभा तर्फका उम्मेदवार छनौट गरे पनि तत्काल दुई जनाको मात्रै नाम सार्वजनिक गरेको हो। उम्मेदवारहरु क्रमसः सार्वजनिक गरिने वक्तव्यमा उल्लेख छ। 

‘आज मिति २०७९ भाद्र १८ गते राष्ट्रिय जनमोर्चाको संसदीय बोर्डको बैठक बोर्डका प्रमुख का. चित्रबहादुर केसीको अध्यक्षतामा बस्यो। बैठकले विभिन्न जिल्लाबाट प्रदेश तथा केन्द्रका लागि सिफारिश भई आएका उम्मेदवारको सूचिमाथि छलफल गर्यो। प्रदेश तथा केन्द्रका लागि उम्मेदवारको रुपमा सिफारिस भई आएका कमरेडहरुका बारेमा आवश्यक निर्णयहरु भएका छन्। जुन क्रमशः सार्वजनिक गर्दै जाने छौँ’ वक्तव्यमा भनिएको छ, ‘तत्काल बाग्लुङको प्रतिनिधि सभाको १ नम्बर निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसी र प्यूठान प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य का. दुर्गा पौडेललाई उम्मेदवारको रूपमा अगाडि सार्ने बैठकले निर्णय गरेको छ। उक्त निर्णयलाई सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ।’

पाँचदलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठानमा गरी दुई क्षेत्रलाई आफ्नो बटम लाइन बनाउँदै आएको छ।

त्यस्तै, प्रदेश सभातर्फ राजमोले बागलुङ, अर्घाखाँची, दाङ, गुल्मी, डोटी, कर्णालीको एक क्षेत्र र काठमाडौंमा गरी सात क्षेत्रमा दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .