ad ad

खेल


भलिबल संघको अध्यक्षमा इन्दिराले चन्दलाई सघाउने, उम्मेदवारी फिर्ता

भलिबल संघको अध्यक्षमा इन्दिराले चन्दलाई सघाउने, उम्मेदवारी फिर्ता

नेपालखबर
भदौ १९, २०७९ आइतबार १४:४५, काठमाडौँ

नेपाल भलिबल संघको यही भदौ २२ मा हुने चुनावमा इन्दिरा निरौलाले वर्तमान महासचिव जितेन्द्र बहादुर चन्दलाई अध्यक्षमा सघाउने भएकी छिन्। 

चन्दले आजै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए। निरौलाले यसअघि नै आफू अध्यक्षमा चुनाव लड्ने बताएकी थिइन्। 

३ दशक अब्बल खेलाडी र कुशल व्यवस्थापकको भूमिकामा रहेर राष्ट्रिय खेल भलिबललाई यहाँसम्म ल्याइपुर्याउन भूमिका खेलेको, १० वर्षयता संघको महासचिव पदमा रही काम गर्ने अवसर पाएको र नेपालले योबीचमा पाएको ऐतिहासिक उपलब्धिको एक महत्वपूर्ण अंशीयार रहेकाले अध्यक्षमा चुनाव लड्न लागेको उनले बताए। 

यता महासचिवमा हाल संघका सदस्य रोशन श्रेष्ठले दाबेदारी पेस गर्ने भएका छन्। 

यसअघि ०७८ वैशाख १ मा निरौलाले निर्वाचनमा अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले उम्मेद्वारी दिने अवस्था नभएमा वा नदिएको खण्डमा उपयुक्त पात्र आउन नसक्ने अवस्था सृजना हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आफूले उम्मेदवारी दिने बताएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .