सुुर्खेत। युवा संघ नेपालको मेची–महाकाली जागरण अभियानले सुर्खेत पुगेर वीरेन्द्रनगरमा कार्यक्रम गरेको छ।
अभियानलाई स्वागत गर्न शनिबार बिहान ११ बजे सुब्बाकुनादेखि मोटरसाइकल र्याली गरिएको थियो। त्यसपछि मंगलगढी चोकमा कोणसभा गरी अभियानलाई विदाई गरिएको थियो।
उक्त अवसरमा युवा संघले राष्ट्रियताको पक्षमा नेपाली युवाहरू निरन्तर लागि पर्ने प्रतिबद्धता जाहेर गर्दै मंगलगढी चोकमा पुगेर कोणसभा समेत सम्पन्न गरेका थिए।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष अमरबहादुुर थापा, युवा संघ सम्बद्ध नेता कार्यकर्ताको सहभागिता रहेको थियो। जागरण अभियान भदौ १५ देखि महाकाली मेची जागरण अभियानको रूपमा शनिबार सुुर्खेत आइपुुगेको हो।
अभियान भदौ २४ गतेसम्म चल्नेछ। जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीति प्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचार विरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरू गरिएको युुवा संघले जनाएको छ।
भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो। महाकालीबाट यात्रा सुरु गर्ने र मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ।
Shares
प्रतिक्रिया