राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य महामाया प्रसाद सिंह आफ्नो पार्टी छाडेर राप्रपा नेपालमा प्रवेश गरेका छन्।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाका अनुसार राप्रपा केन्द्रीय सदस्य सिंह, काठमाडौंका पूर्वअध्यक्ष श्याम घिमिरे, दिनेश नापित, प्रदीप कार्की, रुकु खङ्गालगायत व्यक्ति राप्रपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका हुन्।
उनीहरूलाई शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए।
1.3k
Shares
प्रतिक्रिया