ad ad

राजनीति


कान्छी प्रधानमन्त्रीलाई विश्वकै वृद्ध प्रधानमन्त्रीको यस्तो सुझाव

कान्छी प्रधानमन्त्रीलाई विश्वकै वृद्ध प्रधानमन्त्रीको यस्तो सुझाव

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १२:३२,

फिनल्यान्डकी सन्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री बनेपछि यो साता निकै चर्चामा रहिन्। उनीबारे विश्वका धेरै नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन्।

मरिनलाई आफूबाट कुनै सुझाव आवश्यक नरहेको न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले बताएकी छन्। विश्वकै सबैभन्दा कम उमेरको महिला सरकार प्रमुख रहेकी ३९ वर्षीया आर्डेनबाट यो उपाधि ३४ वर्षकी मरिनले खोसेकी हुन्।

‘उहाँलाई कुनै सुझावको आवश्यकता छैन। तपाईं युवा हुनुहुन्छ भने तपाईंमा अनुभव र विज्ञताको कमी छ भनेर सोच्ने गरिन्छ,’ आर्डेनले रोयटर्ससँगको अन्तर्वार्तामा भनेकी छन्, ‘मरिन पहिले नै मन्त्री बनिसक्नुभएको छ। त्यसैले म उहाँलाई यति मात्र भन्छु, राम्रो गर्नुहोला।’

आर्डेन २०१७ मा भएको निर्वाचन जितेर प्रधानमन्त्री भएकी हुन्। उनको उदयलाई विश्वभर प्रगतिशील युवा नेताहरुको लहरसँग जोडेर हेरिएको थियो।

तर, संसारकै सबैभन्दा पाका सरकार प्रमुख मलेसियाका महाथिर मुहम्मदको सल्लाह भने फरक छ। मरिनलाई उनले ‘बुढापाकाको सुझाव लिन’ सल्लाह दिएका छन्।

‘हामी युवाहरुको आदर्शमा विश्वास गर्छौँ। तर, तिनले वृद्धहरुको अनुभवलाई पनि विचार गर्नु महत्वपूर्ण छ,’ मुहम्मदले मंगलबार भनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .