ad ad

कारोबार


उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिको उम्मेदवारी घोषणा

उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिको उम्मेदवारी घोषणा

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १२:३,

आगामी चैत २८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनमा एसोसिएट उपाध्यक्षका लागि सौरभ ज्योतिले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले आफू चार कार्यकाल महासंघमा आबद्ध भइसकेकोले अब उपाध्यक्षको लागि तयार रहेको जानकारी दिएका हुन्।

योभन्दा अघिल्लो महाधिवेशनमा समेत उपाध्यक्षको लागि दाबेदार रहँदा साथीभाइहरुको सल्लाहअनुसार पछि हटेको र यो पटक भने जस्तोसुकै परिस्थिितमा पनि आफ्नो उम्मेदवारी कायम रहने उनले आज पत्रकार भेटघाटमा जानकारी दिए। तयसका साथै उनले पहिलो राय/सल्लाह पत्रकारहरुबाट सुरु र अब अग्रहज, साथै उद्योगी व्यवसायीहरुबाट समेत सल्लाह सुझाव लिएर अघि बढ्ने बताए।

गत कात्तिक २९ गते महासंघको विशेष साधारणसभा हुने र त्यसले हाल रहेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई समेत परिवर्तन गर्ने गरी विधान संशोधन मस्यौदा तयार भएको थियो। महासंघको कार्यकारिणी समितिको बैठकले नै विशेष साधारणसभाको स्थगित गरेको थियो। पुरानै विधानमा आधारित रहेर आगामी महाधिवेशन हुँदै छ।

यसअनुसार हाल वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा अध्यक्ष बन्दै छन्। महासंघमा एक जना वरिष्ठ उपाध्यक्ष तथा तीन जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष रहने व्यवस्था छ। वरिष्ठ उापाध्यक्षको लागि हालका तीनै जना उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल, उमेशलाल श्रेष्ठ, किशोर प्रधान दाबेदार देखिएका छन्। तर उनीहरुले उम्मेदवारी नै घोषणा भने गरेका छैनन्।

त्यस्तै तीन जना उपाध्यक्षको लागि भने एसोसिएटतर्फ सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेर वस्तुगत उपाध्यक्षतर्फ अन्जन श्रेष्ठ दाबेदार रहेका छन् भने जिल्लागततर्फ हालसम्म उम्मेदवारी दिनेहरुको एकीन भएको छैन।

आज भएको पत्रकार भेटघाटमा सौरभ ज्योतिले अहिले युवा नेतृत्व महासंघमा जान चाहिरहेको बताए। उनले महासंघमा रहेका गल्ती कमजोरीलाई सुधार गर्ने गरी युवा जोस भएको टिम महासंघको लागि चाहिएको र सोहीअनुसार आफूले पनि उम्मेदवारी दिएको बताए।

उनले शेखर गोल्छा पनि निजी क्षेत्रको लागि केहि गरूँ भन्ने स्वभावको रहेका र आगामी नृतृत्व राम्रो रहने बताए। आफूहरुले महासंघको सचिवालय राम्रो बनाउने र निजी क्षेत्रको लगानीको लागि राम्रो वातावरण बनाउने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .