राजनीति


आरजुको नाम कैलाली ५ बाट प्रत्यक्ष र डडेल्धुराबाट समानुपातिकमा सर्वसम्मत सिफारिस

आरजुको नाम कैलाली ५ बाट प्रत्यक्ष र डडेल्धुराबाट समानुपातिकमा सर्वसम्मत सिफारिस

फाइल फोटो


नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १६:४९, काठमाडौँ

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम आगामी मंसिरमा हुने संसदीय निर्वाचनका लागि दुई ठाउँबाट सिफारिस भएको छ।

राणालाई प्रधानमन्त्री एवम् पति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट समानुपातिक प्रणालीबाट उम्मेदवार बनाउने गरी नाम सिफारिस भएको हो। 

कांग्रेस जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत गर्दा आरजुलाई समानुपातिकमा राखेर पठाएको हो। 

आरजुको नाम प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिसमा गरिएको कांग्रेसका कार्यवाहक सभापति डिल्लीराज जोशीले बताए। 

उता २०७४ को निर्वाचनमा एमालेका नारदमुनि रानासँग पराजित भएको कैलाली क्षेत्र नम्बर ५ बाट पनि आरजुको नाम सिफारिस भएको छ।

आरजुको नाम कैलाली ५ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा त्यहाँको कमिटीले सर्वसम्मत सिफारिसमा गरेर पठाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad