राजनीति


कांग्रेसले डडेल्धुरामा गठबन्धन नगर्ने, देउवा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस

कांग्रेसले डडेल्धुरामा गठबन्धन नगर्ने, देउवा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १६:४०, कञ्चनपुर

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ।

कांग्रेस सभापति देउवाको गृहजिल्लास्थित कांग्रेसको शुक्रबार बसेको बैठकले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको कार्यबाहक सभापति डिल्लीराज जोशीले जानकारी दिए।

‘स्थानीय तहको चुनावमा पनि गठबन्धन गरेनौँ, अहिले पनि जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेका छौँ,’ उनले भने।

यस्तै, जिल्ला कार्यसमितिले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका  लागि प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ।

प्रधानमन्त्री देउवाकी पत्नी डा. आरजु राणा देउवाको नाम प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिसमा परेको छ।

प्रदेश सभा सभामा पनि कांग्रेसले एकल नाम सिफारिस गरेको छ। प्रदेश सभा (१) मा कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद र (२) मा गोबिन्दबहादुर बोहराको एकल नाम सिफारिस भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad