राजनीति


सत्य निरुपण र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक सम्बन्धित समितिमा

सत्य निरुपण र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक सम्बन्धित समितिमा

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १६:११, काठमाडौँ

प्रतिनिधि सभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो।

बैठकमा सो विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

त्यस्तै बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्तुत गरेको राष्ट्रिय सभाको सन्देश सहितको नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ।

प्रतिनिधि सभाको आगामी बैठक भदौ १९ गते आइतवार दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad