प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिका सचिव शेरबहदुर थापा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा भएको माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रममा थापालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले स्वागत गरेका हुन्।
वीरेन्द्रनगरको सिटी हलमा माओवादी प्रदेश कमिटीले राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम गरेको छ। त्यही प्रशिक्षणमा प्रमुख अतिथि बनेर पुगेका प्रचण्डको हातबाट टीका लगाउँदै थापा एमाले छाडेर माओवादीतिर प्रवेश गरेका हुन्।
यो प्रशिक्षण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र शक्ति बस्नेत लगायत केन्द्रीय नेताहरु सहभागी छन्।
प्रशिक्षणका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट नेता, कार्यकर्ता राजधानी वीरेन्द्रनगर आएका छन्।
यसअघि बुधबार र बिहीबार जिल्ला समन्वय समितिको सुर्खेतको सभाहलमा शक्ति बस्नेत र जनार्दन शर्माले नेता-कार्यकर्तालाई आगामी चुनावी रणनीतिबारे प्रशिक्षण दिएका थिए।
Shares

प्रतिक्रिया