राजनीति


कांग्रेस नेता गुरुङ महोत्तरी–१ बाट सिफारिस

कांग्रेस नेता गुरुङ महोत्तरी–१ बाट सिफारिस

नेपालखबर
भदौ १६, २०७९ बिहिबार २०:३३, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता कल्याणकुमार गुरुङ महोत्तरी–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन्।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले उनको नाम पहिलो नम्बरमा जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो। 

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य गुरुङसँगै अन्य ५ जनाको नाम पनि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ। उनी १४ औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सभापति पदमा प्रतिष्पर्धामा उत्रिएका थिए। 

१२ औँ महाधिवेशनमा आमन्त्रित केन्द्रीय सदस्य रहेका गुरुङ १३ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य थिए। अहिले उनी कांग्रेसको केन्द्रीय कार्यसमितिमा मनोनित केन्द्रीय सदस्य छन्। 

२०७४ को प्रतिनिधिसभामा महोत्तरी–१ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २३ हजार ७७६ मतले विजयी भएका थिए। तत्कालीन समयमा नेकपा एमालेसँगको चुनावी तालमेलका कांग्रेस तेस्रो भएको थियो। 

कांग्रेस उम्मेदवार सीताराम भण्डारी ९ हजार ४७५ मतका साथ तेस्रो हुँदा दोस्रो स्थानमा आएका तत्कालीन संघीय समाजवादी फोरम नेपालका लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गरेका थिए। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार महोत्तरी–१ मा माओवादी १५ हजार ८८८ मतसहित पहिलो, कांग्रेस १३ हजार १४६ मतसहित दोस्रो, एमाले ८ हजार ३४ मतसहित तेस्रो देखिएको छ। 

यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले ७ हजार २३४, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ७ हजार ६९, नेकपा एकीकृत समाजावदीले १ हजार ५०८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४७८ मत पाएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad