सत्तारुढ दलका शीर्ष नेताहरुबीच वार्ता सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शीर्ष नेताहरु छलफलमा जुटेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएपछि नेताहरु छलफलमा जुटेका हुन्।
पटक पटक शीर्ष नेताहरुसहितको बैठक बस्दा पनि बाँडफाँटमा सहमति हुन सकेको थिएन्।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजगत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार गरेर नेताहरुलाई बुझाइसकेको छ।
अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ
बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो।
बैठकमा सहमति नजुटेपछि संचारमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भएको बताएका थिए। उनले सकेसम्म बिहीबार नै टुंगोमा पुगेर सार्वजनिक गर्ने पनि बताएका थिए।
Shares

प्रतिक्रिया