कारोबार


ऊक्लाबाट एनसेलले पायो नेपालको सबैभन्दा ‘फास्ट मोबाइल नेटवर्क’ अवार्ड

ऊक्लाबाट एनसेलले पायो नेपालको सबैभन्दा ‘फास्ट मोबाइल नेटवर्क’ अवार्ड

नेपालखबर
भदौ १६, २०७९ बिहिबार ११:५७, काठमाडौँ

मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ। 

एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको होे ।

नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो। यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको हो। 

ऊक्लाले जनवरी देखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीडटेस्टलाई तुलना गरेको थियो। 

ऊक्लाका अनुसार, परिक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनि पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परिक्षणहरू समावेश रहेका छन् ।

अवार्डका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘नेपाललाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डका साथ यसले दिने लाभसँग आम उपभोक्तालाई जोड्ने गर्ने हाम्रो निरन्तरको प्रयासलाई विश्वको अग्रणी स्पीड टेस्टिङ कम्पनी ऊक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’ को मान्यता प्रदान गरेकोमा हामी निकै हर्षित छौं । यो अवार्ड हामीले आफ्नो प्रतिवद्धता बमोजिम सेवा प्रदान गरिहेका छौं भन्ने प्रमाण हो । यस अवसरमा हाम्रा सबै सरोकारवालाहरुलाई उनीहरुले विश्वास र ग्राहकहरुलाई सबैभन्दा उच्च गतिको मोबाइल डेटा सेवा प्रदान गर्नका लागि पुर्याएको सहयोग प्रति आभार व्यक्त गर्न चाहन्छु।’

हरेक वर्ष एनसेलले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो पूर्वाधारमा निरन्तर लगानी गर्दै आएको छ। देशको ८५ प्रतिशत जनसंख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै, एनसेलले जुन २०१७ बाट सञ्चालन ल्याएको यो सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको छ ।

‘ऊक्लाद्वारा प्रदान गरिने स्पीडटेस्ट अवार्डहरु विश्वका सबैभन्दा फास्ट र शीर्ष प्रदर्शन गर्ने फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल सेवा प्रदायकहरुलाई प्रदान गरिने विशिष्ट सम्मानहरु हुन्। एनसेललाई नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क अवार्ड’ प्रदान गर्न पाउँदा हामी खुसी छौं । यो अवार्ड एनसेलले जनवरी–जुन २०२२ को अवधिमा गरेको उत्कृष्ट प्रस्तुतिको प्रमाण हो र यो अवार्ड उपभोक्ताहरु आफैले गरेका स्पीडटेस्ट र ऊक्लाको कठोर विश्लेषणमा आधारित छ’, ऊक्लाका प्रमुख कार्यकारी अधिकृत डग सटल्सले भने।

यसै वर्ष मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ अवार्डबाट सम्मानित भएको थियो। 

त्यसैगरी अप्रिल महिनामा काठमाडौंमा आयोजित १४औँ एचआर मिट सम्मेलनमा एनसेल ‘एक्सिलेन्स् इन इम्प्लोयर ब्राण्ड अवार्ड २०२२’ बाट सम्मानित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad