ad ad

राजनीति


सिट बाँडफाँटमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदलको बैठक

सिट बाँडफाँटमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदलको बैठक

नेपालखबर
भदौ १५, २०७९ बुधबार १९:१४, काठमाडौँ

सिट बाँडफाँटमा सहमति जुटाउन सत्तारुढ दलका शीर्ष नेतासहित कार्यदलको बैठक बसिरहेको छ।

झण्डै दुई घण्टादेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी छन्।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० सिट बाँडफाँटका लागि पाँच दलीय गठबन्धनले बनाएको कार्यदल सहमति जुटाउन असफल भएपछि शीर्ष नेताहरुसहित छलफल भइरहेको हो। 

बैठकमा कार्यदलका सदस्य पनि सहभागी छन्।

प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार अहिले शीर्ष र कार्यदलको बैठक जारी छ।

‘बैठक जारी छ, प्रतिनिधि सभा र प्रदेश सभाको सिट वाँडफाँटको सहमति गर्ने सम्भावना छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘बाँडफाँटको संख्या टुंगो लगाएपछि निर्वाचन क्षेत्रका विषयमा छलफल हुन्छ।’ 

अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ।

प्रदेश सभामा भने माओवादी केन्द्रले १ सय २० सिट दाबी गरेपनि अरु दलले सार्वजनिक गरेका छैनन्।

बैठकमा नागरिकता विधेयकका विषयमा पनि शीर्ष नेताहरुबीच छलफल भइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .