ad ad

लुम्बिनी


मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

नेपालखबर
भदौ १५, २०७९ बुधबार १९:२२, बुटवल

बुटवलको बेलबासमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।

दुर्घटनामा परि बुटवल १३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका छोरा ६ वर्षीय निशान भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

पश्चिमतर्फ जाँदै गरेको उनीहरु सवार लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पूर्वतर्फ आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकलसँग ठोक्किएर लु १ क ४४२४ नम्बरको ट्याङकर मुनि परेको थियो।

दुर्घटना लगत्तै लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए।

सोही मोटरसाइकलमा पछाडि सवार १५ वर्षीय आयुष आचार्य र अर्को मोटरसाइकलका चालक पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी घाइते भएका छन्।

उनीहरु दुवैको अवस्था मध्यम रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .