परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले इण्डो प्यासेफिकको बारेमा धेरै चिन्ता लिन आवश्यक नरहेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत परराष्ट्रमन्त्रालय शिर्षक माथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले यसबारे चिन्ता नलिन आग्रह गरे। इण्डो प्यासेफिक अमेरिकी परराष्ट्र नीति भएकाले उसको दृष्टिकोण र विश्लेषणबाट भन्दा पनि आफ्नो फाईदा के के छन् भन्ने कुरा नेपाल स्वयमले छुट्याउन सक्नुपर्ने र त्यसमा नेपाल सक्षम भएकोले चिन्ता लिनु नपर्ने तर्क उनले गरे।
उनले भने, ‘इण्डो प्यासेफिक अमेरिकी सरकारको नीतिको एउटा पक्ष हो। उसको प्रस्पेक्टीभ हो। उसको आउटलुक हो। उसले आफ्नो ढंगले संसारलाई राख्ने एउटा ग्लोबल पावर हुनुको नाताले विश्लेषण गर्छ। अर्को कुनै देशले पनि त्यसरी नै विश्लेषण गर्ला। हामीले हेर्ने भनेको के कुरा हाम्रो हितमा छ। राजहाँसले जस्तै दुध आफुले लिने र पानी छुट्याउने। नेपालसँग त्यो क्यापासिटी हुनुपर्छ। त्यो क्यापासिटी छ। त्यसो भएर यसमा धेरै तनाब नलिनका निम्ति म आग्रह गर्दछु।’
उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सम्मेलनका सम्बन्धमा भने सार्कका संयन्त्र क्रियाशिल भईरहे पनि समिट हुन नसकेको उल्लेख गरे। समिटका लागि हस्तान्तरण गर्नेपर्ने व्यवस्था भएकाले सबै सदस्य राष्ट्रहरुको मतभेद अन्त्य नभईकन सम्मेलन गर्न नसकिने उल्लेख गरे। उनले बीआरआईमा नेपालले चिनसँग ९ वटा प्रस्ताव गरेको र ती प्रस्ताव बारे सम्बन्धित मन्त्रालयले शुक्ष्म ढंगले गृहकार्य गरिरहेको स्पष्ट पारे।
उनले राजदुत नियुक्तिको स्पष्ट मापदण्ड भएको स्पष्ट पारे। नियुक्त भएर जाने मुलुकसँग स्वार्थ बाझिने÷नबाझिने, समावेशी र पदीय दायित्व निर्वाह गर्न सक्ने क्षमता हेरिने भन्दै मन्त्रालयले गरेको सिफारिस प्रति आफु विश्वस्त हरेको बताए।
उनले सक्षम आर्थिक कुटनीतिकका लागि साधन र स्रोत पर्याप्त नभएको भएपनि क्षेत्रगत संभावनाको विषयलाई प्राथमिकतामा राखेर काम गर्न राजदुतहरुलाई निर्देशन दिने गरिएको बताए।
Shares

प्रतिक्रिया