राजनीति


भारतको संसदमा अभिनन्दनको जुँगालाई राष्ट्रिय जुँगा घोषणा गर्न माग (भिडियो)

भारतको संसदमा अभिनन्दनको जुँगालाई राष्ट्रिय जुँगा घोषणा गर्न माग (भिडियो)

नेपालखबर
असार ९, २०७६ सोमबार १२:४५,

भारतीय संसदमा कमान्डर अभिनन्दन वर्तमानको जुँगालाई राष्ट्रिय जुँगा घोषणा गर्नुपर्ने माग भएको छ।

काँग्रेसका नेता अधीर रन्जन चौधरीले वायुसेना कमान्डर पाइलट अभिनन्दन वर्तमानलाई उनको बहादुरीप्रति सम्मान गरिनुपर्ने बताए।

उनले सोमबार संसदमा बोल्दै उनको जुँगलाई राष्ट्रिय जुँगा घोषणा गर्नुपर्ने बताएका हुन्।

गत फेब्रुअरीदेखि कमान्डर अभिनन्दले भारतमा लोकप्रियता हासिल गरेका हुन्।

फेब्रुअरी १४ मा पाकिस्तानस्थित आतंकवादीले भारतमा आत्मघाती बम विस्फोट गराएर ४० भन्दा बढी भारतीय सेनाको ज्यान लिएपछि भारतले जवाफी कारवाही गरेको थियो।

(भिडियो)

पाकिस्तानी भूमिमा छिरेर आतंकवादीलाई आक्रमण गर्न कमान्डर अभिनन्दनले भारतको युद्धक विमान चलाएका थिए।

तर पाकिस्तानी सेनाले सीमाना पार गरेर कानुनको उल्लंघन गरेकोभन्दै क्षेप्यास्त्र प्रहार गरी उक्त विमान खसालेको थियो।

त्यहीबेला पाकिस्तानले उनलाई नियन्त्रणमा लिएको थियो। पाकिस्तानले पछि उनलाई रिहा गरेको थियो।

त्यसबेलादेखि उनको बहादुरी र जुँगाको चर्चा सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad