अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज (१३ भदौ) बस्दैछ।
बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ।
बैठकमा भारतीय सेनामा गोर्खा सैनिकको भर्तीका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई बोलाइएको छ।
अग्निपथ योजना सन् १९४७ को भारत, नेपाल र बेलायतबीचको त्रिपक्षीय सन्धि अन्तर्गत नरहेको विज्ञहरुको भनाइ छ। उक्त सन्धिले गोर्खा सैनिकलाई पेन्सनको व्यवस्था गरेको छ।
तर, अहिलेको अग्निपथ योजना अन्तर्गत भारतीय सेनामा जाने युवाले जागिर छोड्दा पेन्सन पाउँदैनन्। चार बर्ष काम गरेपछि उनीहरुको भविष्य अन्यौलपूर्ण बन्नेछ।
साेही विषयमा समितिमा छलफल हुने भएकाे हाे।
126
Shares

प्रतिक्रिया