राजनीति


रवीन्द्र मिश्र भन्छन् : अध्यक्ष पदबाट दिएको राजीनामा अझै स्वीकृत भएन

रवीन्द्र मिश्र भन्छन् : अध्यक्ष पदबाट दिएको राजीनामा अझै स्वीकृत भएन

रवीन्द्र मिश्र


नेपालखबर
साउन २६, २०७९ बिहिबार १०:३२, काठमाडौँ

विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू नेतृत्वमा फर्किन नचाहेको तर अहिलेसम्म आफ्नो राजीनामा स्वीकृत नभएको बताएका छन्। 

आफूले अध्यक्ष पदबाट राजीनामा दिएको अढाई महिना बितिसक्दा पनि विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन नगरेकोमा उनले गुनासो गरेका छन्। 

‘बारम्बार भनेको छु : म नेतृत्वमा फर्किन चाहन्नँ’, मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अढाई महिनासम्म राजीनामा स्वीकृत भएन, नयाँ नेतृत्व चयन भएन। अबको २/३ दिनमै नयाँ नेतृत्व चयन भयो भने खुसी हुनेछु।’

यसअघि उनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघको निर्वाचनमा भाग लिन आफ्नै नेतृत्वमा दल दर्ता गर्न निर्वाचन आयोग जानुपर्ने प्रस्ताव राख्दै पार्टीका केन्द्रीय सदस्यहरुलाई पत्र पठाएका थिए। 

‘यो पत्रले साथीहरूलाई झक्झक्याउने छ भन्ने आशा लिएको छु’, उनले भनेका छन्, ‘अन्यथा, दल दर्ता गर्ने अर्को विकल्प छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad