राजनीति


भीम रावलको आरोप : प्रचण्डले राष्ट्रपतिलाई धम्क्याए

भीम रावलको आरोप : प्रचण्डले राष्ट्रपतिलाई धम्क्याए

नेपालखबर
साउन २६, २०७९ बिहिबार १०:१४, काठमाडौँ

नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकका सन्दर्भमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धम्क्याएको आरोप लगाएका छन्। 

जापान भ्रमणमा रहँदा प्रचण्डले राष्ट्रपति भण्डारीले संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण गर्नेमा आफू ढुक्क रहेको बताएका थिए भने स्वदेश फर्किने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि भने, ‘राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्न। विधेयक जारी गर्न पनि ढिला गर्नु हुँदैनथ्यो।’

प्रचण्डको यस्तो अभिव्यक्तिलाई एमाले नेता रावलले धम्की भएको आरोप लगाएका हुन्।   

‘जापानबाट प्रचण्डले नागरिकता विधेयक फिर्ता गरे राम्रो हुन्न भनी राष्ट्रपतिलाई धम्क्याउनु, नेपाल नआएका जापानी पूर्व प्रम आबेसँग नेपालमा पटकपटक कुरा गरेको  भन्नु अमर्यादित र आपत्तिजनक छ’, रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक पूर्व मन्त्रीसँग भेटवार्ता गरेर  दुई देशको सम्बन्ध उचाईमा पुग्ने भन्नु फगत गफ हो।’

याे पनि नागरिकता खुकुलो पार्न खोज्नु देशप्रतिकै बेइमानी : भीम रावल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad