ad ad

खेल


पटकपटक स्थगित एन्फाको बैठक आज बस्दै

पटकपटक स्थगित एन्फाको बैठक आज बस्दै

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०७९ बिहिबार ९:५४, काठमाडौँ

पटकपटक स्थगन गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक बिहीबार बस्दै छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बस्ने बैठकमा यसअघि तय भएका एजेन्डासहित थप चार एजेन्डा समावेश भएका छन्। 

यसअघि बसेको कार्यसमितिको बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगन  भएको थियो। एन्फा कार्यसमितिको बैठक बिहीबार बिहान १० बजे एन्फा कम्प्लेक्समा बस्दै छ।

आजको बैठकमा पुरस्कार राशी सम्बन्धमा, महिला नकआउट प्रतियोगिता सम्बन्धमा, ग्रासरुट्स तथा महिला फुटबल एकेडेमी सञ्चालन सम्बन्धमा र फिफा डे मा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धमा एजेन्डा थपिएका हुन्। यसअघि एन्फा कार्यसमिति बैठकका लागि १८ वटा एजेन्डा तय गरिएको थियो। पहिलोपटक एजेन्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको थियो।​

त्यसअघिको पहिलो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगन भएको थियो। एन्फाको निर्वाचनपछि भएको शपथ ग्रहणलगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्त्वपूर्ण निर्णय गरेपछि आलोचनामा परेको नयाँ नेतृत्वको तेस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ। बैठकका लागि विभिन्न एजेन्डा तय भए पनि छलफल भने भागबन्डामै केन्द्रित हुने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .