राजनीति


समृद्धिका लागि पाँच आधार तय गरिएको छः पोखरेल

समृद्धिका लागि पाँच आधार तय गरिएको छः  पोखरेल

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार १०:४२,

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन्।

गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्रममा उनले सरकारले समृद्धिका लागि यी पाँच आधार तय गरेको बताए।

सरकारी स्वामित्वका उद्योगहरु धराशायी हुनाका कारण खोजी गरिने बताउँदै उनले भने, ‘ती उद्योग कसरी धराशायी भए र आगामी दिनमा कसरी अघि बढ्ने भनी आत्मसमीक्षा हुनेछ।’ राजनीतिक विचारका आधारमा फरक धारणा राख्नेहरु पनि विकासका लागि एकजुट भएर लाग्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलकोे जोड छ।

‘‘देशमा ७० प्राविधिक शिक्षा र ३० प्रतिशत सामाजिक शिक्षा हुने गरी योजना बनाइएको छ”, उनले भने, ‘एक्काइसौँ शताब्दीमा व्यावसायिक र व्यावहारिक शिक्षाको आवश्यकता छ।’ उपप्रधानमन्त्री पोखरेलले विद्यालय शिक्षा सुधारका लागि स्थानीय तह, जनप्रतिनिधि र स्थानीयवासी मिलेर लाग्नुपर्ने औँल्याए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले भूकम्पका समयमा क्षतिग्रस्त भएका झण्डै सात हजार ५०० विद्यालयको पुनर्निर्माण भएको बताए। तीमध्ये पाँच हजार ३०० विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने अरू विद्यालयका भवन निर्माण भइरहेका छन्।

सांसद् नवराज सिलवालर प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले मुलुकको समृद्धिका लागि सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।

गोदावरी नगरपालिकाका उपप्रमुख मुना कुँवरले विसं २०१२ मा स्थापना भएको यस विद्यालय समुदायिक विद्यालयतर्फ जिल्लाको पहिलो नमूना विद्यालय भएको उल्लेख गरिन्।

भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) र एशियाली विकास बैंकको लगानीमा विद्यालयको भवन निर्माण भएको हो। भवन निर्माणको लागत नौ करोड ७० लाख रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad