ग्लोबल आईएमई बैंक र जनता बैंक नेपालले एकआपसमा गाभिएर शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार बिहान एकिकृत कारोबारको सुरुवात गरेपछि दुई बैंकहरुले औपचारिक रुपमा एक भएको घोषणा गरेका हुन्।

मर्जर पछि बनेको बैंकको अध्यक्ष ग्लोबल आइएमईका चन्द्रप्रसाद ढकाल बनेका छन् भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहेका छन्।
बैंकको नाम भने ग्लोबल आइएमई बैंक रहेको छ। कार्यक्रममा बैंकका अध्यक्ष ढकालले बिग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा धेरै चुक्ता पुँजी भएको वाणिज्य बैंक भएको बताए।

उनले मर्जरपछि बनेको बैंक पुँजी, कर्जाजोखिम वहन क्षमता, प्रविधि लगायतका क्षेत्रबाट सबल बन्न समेत सक्षम हुने प्रतिबद्धता व्यक्त गरे।
बिग मर्जरपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी १९ अर्ब पुगेको छ। दवै बैंकले घोषणा गरेको बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ। बैंकको कुल निक्षेप २ खर्ब १३ अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ९४ अर्ब रहेको छ।
त्यस्तै ३ सय शाखा कार्यालय, २ सय ५९ एटीएम, २ सय ४३ शाखारहित बैंकिङ सेवा तथा ३३ एक्सटेन्सन काउन्टरबाट बैंकले सेवा दिनेछ।




Shares

प्रतिक्रिया