ad ad

राजनीति


ओलीको प्रश्न : चौँरीको पुच्छर जस्तो कांग्रेसको पछि लाग्ने पनि वामपन्थी हुन्छ?

ओलीको प्रश्न : चौँरीको पुच्छर जस्तो कांग्रेसको पछि लाग्ने पनि वामपन्थी हुन्छ?

विचार गोष्ठीमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
असार ३२, २०७९ शनिबार १८:८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौँरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर बनेर वामपन्थी हुन नसक्ने बताएका छन्।

राजधानीमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे’को छलफलमा भाग लिँदै ओलीले कोही वामपन्थी भए आउन आग्रह गरे। 

‘नेपालमा वामपन्थी पार्टीहरू छन भने कांग्रेसका पछि नलाग्न, गठबन्धन तोड्न अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु,’ ओलीले भने। 

कम्युनिस्ट सरकार ढालेर कांग्रेसको सरकार बनाउन अदालतमा मुद्दा हाल्न गएको ओलीले सम्झाए। 

‘चौँरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ?,’ ओलीले भने, ‘कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन भनेर अदालतमा मुद्दा हाल्न गएको होइन?’

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धनको रक्षा गरेर वामपन्थी हुन नसकिने ओलीले बताए। 

‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको रक्षा गरौँ अनि वामपन्थी? कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो ल छाडि दिऊँ,’ ओलीले भने, ‘वामपन्थी हुनुहुन्छ भने आउनुस् एमालेसँग मिलेर कांग्रेस विरोधी होइन देश, लोकतन्त्र र कानुनी राजको पक्षमा उभिने सरकार बनाऊँ र अघि बढौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .