राजनीति


देउवालाई विमलेन्द्र निधिको सुझाव : चुनाव जित्न पहिले पार्टीभित्रै बलियो गठबन्धन बनाउनुस्

देउवालाई विमलेन्द्र निधिको सुझाव : चुनाव जित्न पहिले पार्टीभित्रै बलियो गठबन्धन बनाउनुस्

फाइल फोटो


नेपालखबर
असार ३०, २०७९ बिहिबार १५:५९, काठमाडौँ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई पहिले पार्टीभित्रै एकता खोज्न सुझाव दिएका छन्। 

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई बिहीबार सम्बोधनका क्रममा नेता निधिले देउवालाई यस्तो सुझाव दिएका हुन्। 

चौधौं महाधिवेशनको दोस्रो चरणमा सभापतिका लागि देउवालाई साथ दिएका निधिले ६ महिना बितिसक्दा पनि विभागहरु नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरे। 

उनले गठबन्धन सरकारले एक वर्ष पूरा गरेकोमा बधाई पनि दिएका छन्। 

'सरकारको एक वर्ष पुगेकोमा मैले प्रधानमन्त्री देउवालाई बधाई दिएको छु। आगामी संसद र प्रदेशको चुनावसम्म यो सरकार जान्छ। यो चुनाव पनि तपाईंले गराउनुस् भनेर समर्थन दिएँ', उनले भने, 'गठबन्धन र चुनावी तालमेल अलग अलग कुरा हुन्। सरकार चलाउन गठबन्धन आवश्यक छ। चुनावी रणनीतिका लागि तालमेल आवश्यक छ।'

उनले स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको बताउँदै संसद र प्रदेशको निर्वाचनमा त्यो भन्दा ठूलो उद्देश्यसहित काम गर्नुपर्ने कुरा बैठकमा बताएका छन्।  

'आगामी दुवै तहको निर्वाचनमा कांग्रेस बहुमतीय पार्टी बन्नुपर्छ', उनले भने, 'तर स्थानीय तहको निर्वाचनमा जस्तो समस्या हुनु भएन। स्थानीय निर्वाचनमा टिकट वितरणमा असन्तुष्ट भएर स्वतन्त्रबाट जितेका छन्, तिनीहरुलाई पनि पार्टीमै फर्काउनुपर्छ।'

निधिले अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे पनि आफूले कुरा राखेको बताए। 'नेपाल र भारतको सम्बन्ध नेपाल र चीनको सम्बन्ध छ। श्रीलंकामा जुन घटना भएको छ, म्यानमारमा भएको घटना छ', उनले भने, 'रुस र युक्रेनबीच युद्ध भइरहेको छ। चीनको आफ्नो कुरा छ। त्यहीकारण विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई कांग्रेसले नै लिड गर्नुपर्छ।'

निधिले नेपालको अर्थतन्त्र पनि संकटमा आइरहेको बताउँदै त्यसबारेमा कांग्रेसले टास्क फोर्स बनाएर दिशा दिनुपर्ने कुरा सुझाएका छन्। 

उनले गठबन्धन वा चुनावी तालमेल पाँच दलसँग गरेका बताउँदै तर कांग्रेसभित्र पनि एकता चाहिएको कुरा देउवासमक्ष राखेका छन्। 

'हामीले पाँच दलसँग गठबन्धन गरेका छौँ। तर पार्टीभित्र पनि गठबन्धन चाहिएको छ, पार्टीभित्रको एकतालाई पनि बलियो बनाउनुपर्छ सबैभन्दा पहिले', उनले भने, 'चौधौं महाधिवेशनमा हामी सभापतिमा उठेका थियौँ। तर हामीले देउवाजीलाई विश्वास गरेर छाडिदियौँ। कांग्रेसमा शक्ति केन्द्र र उपकेन्द्रहरु धेरै छन्। तिनलाई एकतावद्ध बनाएर लैजान सके चुनाव जित्न सकिन्छ।'

उने महाधिवेशन भएको ६ महिनाभन्दा बढी नाघिसक्दा पनि विभाग र भ्रातृ संगठन बन्न नसकेका जनाउँदै असन्तुष्टि पोखे। देउवाले ती सबै काममा गरेमा आफू सहयोग गर्न तयार रहेको बताए। तर निधिले सरकारको एक वर्षे अवधिको समीक्षा गर्न भने अस्वीकार गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad