राजनीति


कांग्रेस बैठकमा सरकारको चर्को आलोचना, भोलि मन्त्रीहरुले जवाफ दिनुपर्ने

कांग्रेस बैठकमा सरकारको चर्को आलोचना, भोलि मन्त्रीहरुले जवाफ दिनुपर्ने

फाइल फोटो


नेपालखबर
असार २९, २०७९ बुधबार १९:१४, काठमाडौँ

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको चर्को आलोचना भएको छ।

दुई दिनदेखि जारी बैठकका क्रममा बुधबार बोलेका ४८ केन्द्रीय सदस्यमध्ये आधाजसोले सरकारको भूमिकाले जनतामा असन्तोष बढेको भन्दै आक्रोश पोखेका थिए। 

बैठकमा सहभागी एकजना नेताका अनुसार बुधबार बोलेका केन्द्रीय सदस्यहरुले सरकारको चर्को आलोचना गरेपछि मन्त्रीहरुले जवाफ दिनुपर्ने भएको छ। 

बैठकमा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले सभापति देउवा नेतृत्वको सरकारबारे जनस्तरमा गुनासो आएको भन्दै जनतामा असन्तोष हुने काम गर्न नहुने बताए। 

'हाम्रो नेतृत्वमा सरकार छ। कम्तीमा यसले जनतालाई असन्तोष हुने काम गर्नु भएन,' उनले भने, 'सरकारले जनताको मन दुख्ने गतिविधि रोक्नुपर्यो। आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्यो।' 

नेता सिंहसहितले सरकार र मन्त्रीहरुको कामबारे जनतामा असन्तोष रहेको रिपोर्टिङ गरेपछि अब बिहीबारको बैठकमा सरकारमा सहभागी सबै मन्त्रीले जवाफ दिनुपर्ने भएको छ।

'भोलि सबै मन्त्रीले सरकारका कामबारे जवाफ दिने छन्', ती केन्द्रीय सदस्यले भने, 'आफ्नो मन्त्रालयका कामबारेमा मन्त्रीहरुले जवाफ दिइसकेपछि पदाधिकारी र केही सिनियार नेताले पनि बोल्ने छन्।'

बुधबारको बैठकमा देउवा नेतृत्वको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले भने अहिले देशमा सुशासन रहेको दाबी गरेका थिए।

बैठकमा बोल्दै कार्कीले आफ्ना भनाइ राख्दै यस्तो तर्क गरेका थिए। 'हिजोको दिनमा हप्तैपिच्छे करोडौँ भ्रष्टाचार भएका समाचार आउँथे। अहिले देशमा सुशासन कायम भएको छ', उनले भने, 'स्थानीय तहको परिणामले नेपाली जनताको मनोविज्ञानमा परिवर्तन ल्याएको छ।'

उनले कांग्रेसको आन्तरिक एकतालाई बलियो बनाएर मुलुकको सबैभन्दा ठूलो र भरोसायोग्य पार्टी बनाउनु पर्नेमा पनि जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad