ad ad

राजनीति


‘माओवादी स्खलित भयो’ भन्दै प्रचण्डको भन्दा लामो प्रतिवेदन (पूर्णपाठ)

‘माओवादी स्खलित भयो’ भन्दै प्रचण्डको भन्दा लामो प्रतिवेदन (पूर्णपाठ)

नेपालखबर
असार १९, २०७९ आइतबार १८:२५, काठमाडौँ

एकीकृत नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारदेखि काठमाडौंमा शुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष प्रचण्डले १० पृष्ठ लामो दस्तावेज पेश गरेका छन्। प्रचण्डको काउन्टरमा केन्द्रीय सदस्य प्रकाश विकल्पले २५ पृष्ठ लामो प्रतिवेदनको डिजिटल संस्करण केन्द्रीय सदस्यलाई बाँडेका छन्। प्रकाशको दस्तावेजमा माओवादी पार्टी स्खलित हुँदै गएको उल्लेख छ।

‘मानवजातिको अग्रगतिका लागि महान जनयुद्धको अन्वेषण र प्रयोगबाट ऐतिहासिक योगदान गरेको नेकपा (माओवादी केन्द्र्र) प्रतिस्पर्धाको राजनीतिमा आएपछि क्रमिक रुपमा स्खलित हुँदै गएको देखिन्छ, जुन विल्कुलै बिडम्वनाको विषय हो’ प्रकाशको प्रतिवेदनमा भनिएको छ, ‘यस्तो किन भयो त ? किनकि, प्रतिस्पर्धाको राजनीतिले माओवादीलाई निर्वाचन केन्द्रित पार्टीमा सीमित गरिदियो।...रुपान्तरणकारी पार्टीबाट हामी ‘सरकारी माओवादी’मा सीमित भएजस्तो आभाष हुन्छ।’

‘समृद्धिको रोडम्याप’ र ‘देश किन बनेन?’ भन्ने किताबसमेत लेखेका माओवादीका केन्द्रीय सदस्य प्रकाशले यो दस्तावेज १० दिन अघि नै आफूले अध्यक्ष प्रचण्डलाई बुझाएको नेपालखबरलाई बताए। उनले आइतबारको केन्द्रीय समिति बैठकमा डिजिटल कपी केन्द्रीय सदस्यहरुलाई इमेल गरिदिएको बताए। उनले भने, ‘पार्टी शुद्धीकरणका लागि यो मेरो एउटा अवधारणापत्र हो।’

माओवादी नेता प्रकाशले आफ्नो प्रतिवेदनमा माओवादी नेतृत्वमाथि प्रश्न उठाउँदै भनेका छन्, ‘हाल माओवादीमा पनि प्रारम्भिक चरणको पुँजीवादी चरित्र हाबी भएको अवस्था हो। एकले अर्कालाई रोक्ने, क्षमतावान नेता–कार्यकर्ताले उपयुक्त जिम्मेवारी र नयाँ आइडियाले ठाउँ नपाउने, दुईचार जना नेताले जे सोच्यो, त्यही अन्तिम सत्य हुने जस्तो अन्य रुढीवादी पार्टीको रोग माओवादीमा पनि क्रमिक रुपमा झाँगिदो छ। हाम्रो आफ्नै कमजोरीले परिवर्तनकारी पार्टी माओवादीले पनि निर्वाचन जित्न जोसँग पनि गठबन्धन गर्नुपर्ने, पैसाको खोलो बगाउनुपर्ने, लाठीमुंग्री र धाँधली इत्यादिको साहारा लिनुपर्ने परिस्थिति निर्माण भएको छ। यही हो, विज्ञान अर्थात् कम्युनिज्म ?’

हेर्नुहोस् अवधारणापत्र​​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .