NepalKhabar NepalKhabar

राजनीति


प्रदेश १ एमाले संसदीय दलको उपनेतामा अधिकारी, सचेतकमा कार्की

प्रदेश १ एमाले संसदीय दलको उपनेतामा अधिकारी, सचेतकमा कार्की

सुमन पुरी
असार ७ , विराटनगर


नेकपा एमाले प्रदेश १ को संसदीय दलको उप नेतामा यसोदा अधिकारी चयन भएकी छन्। एमाले ससदीय दलले प्रदेश सभा सचिवालयमा पत्र पठाँउदै उपनेतामा अधिकारीलाई नियुक्त गरिएको जानकारी गराएको छ। यसअघि एमाले संसदीय दलको उपनेता टंक आवुहांग थिए। नेकपा हुँदा माओवादीबाट एमालेमा गएका टंकलाई माओवादीले कारबाही गरेपछि सो पद खाली रहेको थियो। 

यसैगरी संसदीय दलको सचेतकमा विमल कार्की नियुक्त भएका छन्। यसअघि राजकुमार ओझा सचेतक थिए। भीम आचार्य नेतृत्वको सरकारमा ओझा राज्यमन्त्री भएपछि सो पद रिक्त थियो। 
यसअघि प्रदेशसभाको सबैभन्दा ठूलो दल भए पनि एमालेले दलको रिक्त रहेका पदाधिकारीहरू नियुक्त गरेको प्रमुख सचेतक बुद्धिराज राज भण्डारीले जानकारी दिए।

असार ७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.