सांसद दीपक प्रकाश भट्टले गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद भट्टले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न डाेटेली भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसद भट्टले सुदूरपश्चिम प्रदेशबाट पटकपटक प्रधानमन्त्री भएकामा शेरबहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताए।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मूल्यवृद्धिको मारमा जनता पिल्सिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
63
Shares

प्रतिक्रिया