राजनीति


तत्कालै पाँच दलीय गठबन्धन भत्किँदैन : उपेन्द्र यादव

तत्कालै पाँच दलीय गठबन्धन भत्किँदैन :  उपेन्द्र यादव

नेपालखबर
जेठ २५, २०७९ बुधबार १२:५१, जनकपुरधाम

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन्।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, 'विगतको समीक्षा गरी पुनःपार्टी एकता गर्न लोकतान्त्रिक समाजवादी पार्टीका नेता आउनुभयो भने हामी हृदयदेखि स्वागत गर्न तयार छौँ। फुटेर होइन जुटेर जानु अहिलेको आवश्यकता हो, त्यसैले हामी उहाँहरुलाई विगतको समीक्षा गरी एकतालाई फर्किन आग्रह गर्दछौँ।'अध्यक्ष यादवको भनाइ थियो।

'हिजो पार्टी किन फुटाइयो? विभाजनले कसलाई फाइदा भयो ? त्यसको समीक्षा गर्नु जरुरी छ', अध्यक्ष यादवले भने।

पाँच दलीय गठबन्धन आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि कायम रहने जिकिर गर्नु गर्दै उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्व र लोकतन्त्रलाई मजबुत बनाउन गठबन्धनलाई अझै कायम राख्नुपर्नेमा जोड दिए।

'गठबन्धन गर्दा कुनै दललाई कहिलेकाँही घाटा हुन्छ, कहिले नाफा हुन्छ', उनले भने, सिटको नाफा र घाटाको हिसाब गरेर गठबन्धन गर्ने होइन, मुख्य त लोकतन्त्रको रक्षा, राजनीतिक सङ्कटको निकास र लोकतन्त्रको मजबुतीका लागि गठबन्धन गरेर जाने हो। त्यसैले तत्काल पाँच दलीय गठबन्धन भत्किँदैन,अझै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म गठबन्धन कायम रहन्छ', उनको दावी थियो । 

नागरिकताको आभामा ठूलो सङ्ख्यामा नागरिक मताधिकारबाट बञ्चित भइरहेको भन्दै उनले अहिलेकै प्रतिनिधिसभाको बैठकबाट नागरिकतासम्बन्धी विद्येयक पारित गरी नागरिकताविहीनलाई नागरिकता उपलब्ध गराउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad