उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशसभातर्फ एक सिट गुमाएको छ।
प्रदेसभातर्फ भक्तपुरको प्रदेश १ (क) जित्दै नेपाली कांग्रेसले प्रदेशसभामा खाता खोलेको हो। कांग्रेस उम्मेदवार कृष्ण भँडेलले नेकपाका डीपी ढकाललाई २ हजार २४३ मतले पछाडि पार्दै विजयी भएका हुन्।
कांग्रेसका भँडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् भने, ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरेका छन्। त्यस्तै मजदुर किसान पार्टीका उम्मेदर निरज लवजूले ५ हजार २९ मत प्राप्त गरेका छन्।
मतपरिणमको औपचारिक घोषणा हुन भने बाँकी छन्।

प्रतिक्रिया