उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ (ख)को मतगणना सुरु भएको छ।
घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
मतगणना आइतबार बिहान ९ः०० बजेबाट सुरु गरिएको हो। मतगणना वडागत रुपमा सुरु गरिएको छ।
शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए। रासस

प्रतिक्रिया