अटो


टीभीएस अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि विजेताहरु चेन्नाई प्रस्थान

टीभीएस अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि विजेताहरु चेन्नाई प्रस्थान

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ५:३०,

टीभीएस अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि विजेताहरु चेन्नाई प्रस्थान गरेका छन्। मद्रास मोटर रेस ट्रयाकमा सहभागी हुने प्रतियोगीहरु शनिबार नेपालबाट प्रस्थान गरी मङसिर १६ गते रेस ट्रयाकको अनुभव गर्दै मङसिर १८ गते बुधबार पुनः नेपाल फर्किने कम्पनीले जनाएको छ।

नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे बाइक आर.आर ३१० र अपाचे २०० फोरभी मोटरसाइकलहरुको टेस्ट राइडमा सहभागिता जनाएका प्रतियोगीहरुमध्ये ६० जना गोलाप्रथाबाट चयन गरी प्रारम्भिक छनौट चरणबाट ३० अनि, ३० बाट छनौट गरिएका २५ जना छानिएका थिए। भाग्यशाली विजेताहरुले यही मङसिर १६ गते भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा टीभीएस अपाचे बाइक कुदाएर आफ्नो जीवनको एक सुनौलो सपना साकार बनाउने कम्पनीले जनाएको छ।

एकान्तकुना ड्राइभिङ्ग स्कूलको मैदानमा संचालित छनौट चरणबाट २५ जना प्रतियोगीहरु उत्कृष्ट ठहरिँदै उक्त मौका पाएका हुन्। प्रतियोगीहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउने सुनौलो सपना पूरा गर्ने अवसर पाउनेछन्।

प्रारम्भिक चरणको छनौट प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले भने, ‘नेपालका बाइक राइडरहरु पनि क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न सक्षम छन् भन्ने उदाहरण हो यो । उनीहरुको सपनामा सरिक हुन पाएकोमा हामी जगदम्बा मोटर्स परिवार हर्षित छौं। अन्तिम चरणको लागि छनौट भएका २५ जना बाइक राइडरहरुलाई म थप सफलताको शुभकामना व्यक्त गर्दछु।’

अपाचे बाइक राइडरहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिलाई आधार मानेर आफ्नो मत दिएका थिए। नेपालमा अत्याधिक रुपमा रुचाइएको टीभीएस अपाचे आरआर ३१० र २०० ४भि ले माइलेज अत्याधिक दिन्छ भने यसमा अत्याधुनिक नवीनतम सुरक्षा प्रविधिद्वारा सुसज्जित गरिएको छ।

मोटरसाइकल रेसको लागि अत्यन्त उत्कृष्ट साबित भैसकेका यी दुवै अपाचे बाइक नेपालको बाइक राइडरहरुमाझ लोकप्रिय रहेका छन् ।

मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक घ।ठद्ध कि.मि को छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रेसिङ्ग ईभेन्टहरु आयोजना भईसकेको यो ट्रयाक रेसिङ्ग प्रेमीहरु माझ अत्यन्तै लोकप्रिय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad