धरान उपमहानगरपालिकाको मेयरमा नेकपा उम्मेदवार प्रकाश राईअघि देखिएका छन्।
राईले २३०९ मत प्राप्त गर्दा कांग्रेसका तिलक राईले २२ सय ९२ मत प्राप्त गरेका छन्।
धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा समाजवादी पार्टीले ७८ र लिम्बुवानले १३१ मत प्राप्त गरेका छन्।
कुल मतादाता ९२ हजार ८५३ रहेको धरान उपमहानगरपालिकामा ५५ हजार ११ मत खसेको छ।
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।
सुब्बा तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए।
प्रतिक्रिया