निर्वाचन आयोगले १ संघीय, तीन प्रादेशिकसहित ५२ पदका लागि शनिबार गरेको उपनिर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएको छ।
आयोगले उपनिर्वाचनका लागि शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समायावधि तोकेको थियो।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ मतदान प्रक्रिया सम्पन्न भएको बताए।
‘५ बजेदेखि मतदान प्रक्रिया सम्पन्न भएको छ’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘७० प्रतिशतभन्दा बढी मतदान भएको सूचना आएको छ, हामी केही बेरमै उक्किन विवरण सार्वजनिक गर्छौँ।’
उनले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान भएको बताए। ‘केही स्थानमा छिटफुट घटनाबाहेक उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो’, उनले भने।
प्रवक्ता श्रेष्ठले अहिले मतपेटिका संकलको काम भइरहेको जानकारी दिए।
कास्की २ मा प्रतिनिसभा र भक्तपुर, दाङ, बाग्लुङमा प्रदेशसभा गरी देशभर ३७ जिल्लाका ५२ पदका लागि भएको उपनिर्वाचन भएको हो।
त्यस्तै धरान उपमहानगरपालिकाको मेयर, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षसहित स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै मतदान भएको थियो।
कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन्। त्यस्तै भक्तपुर, बागलुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा छन्। अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ।
मतदानलाई लक्षित गरी कास्कीका ४ स्थानमा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ भन्ने देशका विभिन्न स्थानमा बम भेटिनुका साथै विस्फोट गराइएको छ। विस्फोटबाट अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन।

प्रतिक्रिया