कारोबार


हस्तकला व्यापार मेलामा अवलोकनकर्ताको भिड

हस्तकला व्यापार मेलामा अवलोकनकर्ताको भिड

नेपालखबर
मंसिर १४, २०७६ शनिबार १२:१७,

काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगितामा अवलोकनकर्ताको भिड देखिएको छ।

हस्तकला व्यापार मेलाको तेस्रो दिन शनिबारसम्ममा एक लाखभन्दा बढीले मेलाको अवलोकन गरेको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ। नेपाली हस्तकलाको बजार प्रबद्र्धन गर्ने उद्देश्यसहित आयोजित मेलामा एक सय रुपैयाँदेखि १५ लाख रुपैयाँसम्मका हस्तकलाका सामग्रीहरु उपलब्ध छन्।

महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले मेला अवधिभर ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र १० करोड रुपैयाँ बढीको कारोबार हुने अपेक्षा रहेको बताए।

मेलामा नेपाली र विदेशी हस्तकलासँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको छ। महासंघका सदस्य, विभिन्न जिल्ला हस्तकला संघ र बस्तुगत संघका स्टलहरु पनि मेलामा छन्।

मेलामा धातुकला, सुनचाँदी, सुती तथा ढाकाका सामान, पस्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र बाँसबाट बनेका सामग्रीहरुमा उपभोक्ताहरुको आकर्षण देखिएको छ। यसबाहेक विदेश निर्यात हुने हस्तकलाका सामग्रीहरु पनि प्रदर्शनीमा राखिएको उपाध्यक्ष शाक्यले बताए।

 मेलामा ८ वटा प्याभिलियनसहित करिब २ सय वटा स्टल रहेका छन्। त्यस्तै भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका व्यापारीहरुको २० वटा स्टल रहेका छन्। मेला मंसिर १६ गते सम्म चल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad