निर्वाचन विशेष


दल बैठकमा ओलीको समीक्षा : सत्ता गठबन्धनले होइन, अन्तर्घातले धेरै ठाउँ मेयर गुमायौँ

दल बैठकमा ओलीको समीक्षा : सत्ता गठबन्धनले होइन, अन्तर्घातले धेरै ठाउँ मेयर गुमायौँ

संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
जेठ ११, २०७९ बुधबार १७:४३, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले भन्दा पार्टीभित्रकै अन्तर्घातले स्थानीय निर्वाचनमा हार व्यहोर्नुपरेको बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा पार्टी पंक्ति बलियो हुँदा पनि अन्तर्घातका कारण धक्का व्यहोर्नुपरेको बताएका हुन्। 

बैठकपछि बाहिरिँदै एकजना सांसद डा. भीमबहादुर रावलले स्थानीय निर्वाचन परिणामबारे पनि समीक्षा भएको बताए। उनले अध्यक्ष ओलीले आफ्नै दलबाट असहयोग हुँदा परिणाम सोचे जस्तो नआएको कुरा बैठकमा बताएको जानकारी दिए। 

'चुनावको विषयलाई लिएर अध्यक्ष कमरेडले केही कुरा राख्नु भयो। आफ्नै दलबाट असहयोग भयो, धेरै ठाउँमा उपमेयर जितियो तर मेयर जितिएन', ओलीको भनाइबारे रावलले भने, 'यसबारेमा हामीले पनि गम्भीर समीक्षा गर्नुपर्छ भनेका छौँ। तर आज चुनावी समीक्षाबारे गम्भीर समीक्षा भएन, त्यसबारेमा गहिरो छलफल हुने छ।'

ओलीले पार्टीभित्र अन्तर्घातको गम्भीर समीक्षा यो निर्वाचनमा देखिएको बताउँदै यसबारेमा गम्भीर समीक्षा हुने पनि बताएका  छन्। 

एमालेले विराटनगर, काठमाडौं र पोखरासहितका महानगरमा उपमेयर जित्दा मेयर गुमाएको थियो। उपमहानगरमा पनि उपमेयर जितेको एमालेले मेयर गुमाएपछि अन्तर्घात भएको निष्कर्ष निकालेको छ। 

पृथ्वीसुब्बाविरुद्ध एमाले कार्यकर्ताको नाराबाजी, अन्तर्घात गरेको आरोप

‘डिजास्टर’ भयो, अब वाम गठबन्धन गरौँ : पृथ्वीसुब्बा गुरुङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .