नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले उनी छिटै चीन भ्रमणमा जान लागेको बताएका छन्।
नेपाल र चीनबीच सम्बन्ध सुदृढिकरणबारे नेपाल–चीन मिडिया फोरमद्वारा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै दाहालले सो जानकारी दिएका हुन्।
सो कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेपाल, भारत र चीनसम्बन्धका बारेमा दुई प्लस एक होइन, त्रिदेशीय सम्बन्ध नै हुनुपर्छ भन्नेमा जोड दिए।
‘चीनका राष्ट्रपती पहिले भारत गएर नेपाल आउनुको अर्थ छ, त्यसले त्रिदेसीय साझेदारीको महत्वलाई नै झन् बढाएको छ,’ उनले भने।
प्रतिक्रिया