ad ad

राजनीति


सीसँग आठ पटक भेट भयो, विशेष खालको सम्बन्ध छः प्रचण्ड

सीसँग आठ पटक भेट भयो, विशेष खालको सम्बन्ध छः प्रचण्ड

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ५:२७,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड) आफू उच्चस्तरीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेको बताएका छन्।

 नेपाल र चीनबीच सम्बन्ध सुदृढीकरणबारे नेपाल–चीन मिडिया फोरमद्वारा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो जानकारी दिएका हुन्।

उनले हालै भएको चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेपालबाट उच्चस्तरीय भ्रमणको निम्तो दिएको बताउँदै सकभर आफ्नै नेतृत्वको चाहना गर्नुभएकोले छिट्टै भ्रमणमा जाने तयारी भइरहेको बताए। उनले भने, ‘हाम्रो एउटा टोली छिट्टै चीनको भ्रमणमा जाँदैछ, राष्ट्रपति सीले मलाई र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मेरै नेतृत्वमा चीनको भ्रमण भईदिए हुन्थ्यो भन्ने अपेक्षा गर्नुभएकोले म जाँदैछु।’

राष्ट्रपति सीसँग ८ पटक भेट गरेको स्मरण गर्दै  अध्यक्ष प्रचण्डले सीसँग आफूले खुलेर कुरा गरेको र एक खालको सम्बन्ध रहेको बताए।

प्रचण्डले नेपालका राजनीतिज्ञ, बुद्धिजिवीहरु प्रो. इन्डियन, प्रो. चाइनिज र प्रो. अमेरिकन हुने गरेको भन्दै आफूहरु प्रो नेपाली भएर नेपालको विकास निर्माणमा केन्द्रित हुने बेला आएको बताए। उनले भने, ‘विगतमा हामी प्रो इन्डियन, प्रो. चाइनिज र प्रो. अमेरिकन होइन, हामी गणतन्त्रमा छौं, प्रो. हुन छोडिदिऊँ, हामी त प्रो. नेपाल हौं। समग्र मुलुकको समग्र विकास र हितका निम्ति सबैसँग अधिकतम सहयोग लिनेगरी एक भएर अघि बढौं, प्रो. नेपाल बनौं।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपाल, भारत र चीनसम्बन्धका बारेमा दुई प्लस वान होइन, त्रिदेशीय सम्बन्ध नै हुनुपर्छ भन्नेमा जोड दिए।

‘चीनका राष्ट्रपति पहिले भारत गएर नेपाल आउनुको अर्थ छ, त्यसले त्रिदेसीय साझेदारीको महत्वलाई नै झन् बढाएको छ,’ उनले भने।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामशरण महत, नेकपाका केन्दीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजाल, काठमाडौंस्थित चिनियाँ दूतावासका राजनीतिक तथा मिडिया प्रमुख वाङले आफ्ना धारणा राखेका थिए।

फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल–चीन नागरिक सम्बन्धमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए।

उद्घाटनपछिको सत्रमा वरिष्ठ अधिवक्ता डा युवराज संग्रौला र पत्रकार युवराज घिमिरेले प्रस्तुत गरेको कार्यपत्रमाथि अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ खड्ग केसी र पत्रकार तीर्थ कोइरालाले टिप्पणी गरेका छन्। कार्यसत्र पूर्व राजदुत हिरण्ड्यलाल श्रेष्ठले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .