राजनीति


बेलायती आमनिर्वाचनः सत्तारुढ कन्जरभेटिभ्सले बहुमत ल्याउने सम्भावना

बेलायती आमनिर्वाचनः सत्तारुढ कन्जरभेटिभ्सले बहुमत ल्याउने सम्भावना

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ६:५०,

यूगभ नामक अनुसन्धान संस्थाले गरको पछिल्लो मतसर्वेक्षणमा यही साता चुनाव भए सत्तारुढ कन्जरभेटिभ्सले संसदमा स्पष्ट बहुमत ल्याउने बताएको छ।

बेलायतमा आगामी डिसेम्बर १२ मा संसदको चुनाव हुँदैछ । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का पक्षधर प्रधानमन्त्री जोन्सनले यो चुनाव बेलायतको भविष्यका लागि महत्वपूर्ण रहेको बताउँदै आएका छन्।

ब्रेक्जिटका विषयमा यसअघिको संसदमा सहमति नजुटेपछि विपक्षीको समेत सहमतिमा संसदको आमनिर्वाचन हुन लागेको हो।

बुधबार सार्वजनिक युगभको मतसर्वेक्षणमा यही बिहीबार चुनाब हुने भए कन्जरभेटिभ्सले मुख्य विपक्षी लेबर पार्टीबाट ४४ स्थान खोस्ने र ६८ स्थान सहित बहुमत हासिल गर्ने देखाइएको छ।

यसअघि विजयी भएको विपक्षी लेबर पार्टीले कतिपय स्थान गुमाउने देखिएको छ। यी स्थानका मानिसहरु बढी मात्रामा ब्रेक्जिट पक्षधर देखिएका छन्, खासगरी बेलायतका उत्तरी र मध्य क्षेत्रमा।

युगभले सन् २०१७ मा भएको पछिल्लो आमनिर्वाचनमा समेत आफ्नो आँकलन सही निस्किएको दाबी गरेको छ। युगभका अनुसार यस पटकको चुनावमा सत्तारुढ कन्जरभेटिभ्स पार्टीले ३५९ र मुख्य विपक्षी लेबर पार्टीले २११ स्थान जित्नेछ। लेबर पार्टीले ५९ सिट गुमाउने युगभको सर्वेक्षणले देखाएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad