समाज


‘टेस्ट राइड’ भन्दै मोटरसाइकल गायब...

‘टेस्ट राइड’  भन्दै मोटरसाइकल गायब...

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ६:४८,

कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेस्ट राइड’ गर्ने चलन हुन्छ। व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेस्ट राइड’ गर्न दिन्छन्। होस पु¥याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ।

काठमाडौँमा यसैगरी टेस्ट राइड गर्दा मोटरसाइकल नै गायब भएको छ। मोटरसाइकल धनी मिलन सुब्बाले रु छ लाख ५० हजार पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार डटकममा राखे। त्यो देखेपछि काभ्रेका अञ्जन बराल खोज्दैखोज्दै सुकेधारा पुगे। बरालले किन्नु अगाडि ‘टेस्ट राइड’ गर्ने भनेपछि सुब्बाले सहजै हुन्छ भने। टेस्ट राइडमा गएको व्यक्ति निकै समय नआएपछि उनलाई मोटरसाइकल चोरी भएको आशंका भयो र तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौँमा खबर गरे।

प्रहरीले मोटरसाइकल खोजी जारी राखेकै बेला आइतबार जनता बैंकका एक खातावालाको नक्कली हस्ताक्षर गरेर चेकमार्फत झण्डै रु २० लाख चोरी भएको सूचना आएपछि त्यसको अनुसन्धानमा प्रहरी खटियो। पैसा चोरी गर्नेलाई पक्राउ गर्ने क्रममा उक्त मोटरसाइकल फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताउछन्। बैंकमा लुटपाट गर्ने र मोटरसाइकल चोरीमा अञ्जन सक्रिय देखिएको उनले बताए।

उसले यसअघि पनि टेस्टराइडकै नाममा पटक–पटक मोटरसाइकल चोरी गरेको फेला परेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस्ता घटना बेला–बेलामा देखिएको र नयाँ मोटरसाइकल हराउने गरेको जनाएको छ। बुधबारमात्रै भेटिएका १७ मोटरसाइकलमा केही नयाँ मोटरसाइकलसमेत थिए। महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेलले साउनदेखि अहिलेसम्म ११८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad