ग्लोबल


‘सेक्सटर्सन’को आरोपमा अस्ट्रेलियामा नेपाली विद्यार्थी पक्राउ

‘सेक्सटर्सन’को आरोपमा अस्ट्रेलियामा नेपाली विद्यार्थी पक्राउ

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ७:७,

‘सेक्सटर्सन’को आरोपमा अस्ट्रेलियामा एक नेपाली विद्यार्थी पक्राउ परेका छन् । विश्वविद्यालयमा अध्ययन गर्दै आएका ती २५ वर्षीय नेपाली विद्यार्थीलाई प्रहरीले एडिलेड शहरबाट पक्राउ गरिएको हो।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार ती युवकले पूर्वी प्रेमिकासँगको अन्तरंग भिडियो र फोटोहरु इन्टरनेटमा सार्वजनिकरुपमैं प्रसारित गर्ने भनी धम्क्याउने गरेका थिए।

प्रहरीले स्थानीय समयअनुसार बुधबार दिउँसो पक्राउ गरि ती विद्यार्थीलाई बिहीबार अदालतमा प्रस्तुत गरेको थियो, अष्ट्रलियाको ७न्युज.कम.एयुले जनाएको छ।

यौनसम्बन्धी मामिलामा विवाद भए वा आफूले भनेको नमाने पार्टनर (साथी) वा अन्य कसैका अन्तरंग फोटो, श्रव्य वा दृष्यसम्बन्धी सामाग्री सार्वजनिक गर्ने धम्की दिई अर्को पक्षलाई धम्क्याउने, प्रतिशोध लिने वा ब्ल्याकमेलिङ गर्ने व्यवहारहरुलाई ‘सेक्सटर्सन’ भन्ने गरिन्छ।

ती भिडियो र फोटोहरु दुवैको सहमतिमा लिएको जनाएको छ। तर पूर्व प्रेमिकाले अर्कोसँग विवाह गरेर बेलायतमा बस्न थालेपछि ती युवक फोटो र भिडियो सार्वजनिक गर्ने धम्की दिएका हुन्।

ती युवकले प्रेम सम्बन्ध टुटेपछि पूर्व प्रेमिकालाई ती तस्वीर भिडियो उनका परिवारका सदस्यलाई पठाइदिने र सोसल मिडियामा पनि पोस्ट गर्ने भनि धम्क्याएका थिए। अस्ट्रेलियाली प्रहरीले आरोपितको नाम सार्वजनिक गरेको छैन।

अस्ट्रेलियाको संघीय प्रहरीले यसप्रकारका घटना पहिलो भएको सेभेन न्युज अस्ट्रेलियाले जनाएको छ। प्रहरीअनुसार ती युवकले पूर्व प्रेमिकालाई आफू अस्ट्रेलियाली नागरिक नभएको र उनीपनि बेलायत बस्ने भएकाले कारवाही नहुने भन्ने गरेका थिए। युवक अहिले प्रहरीको हिरासतमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad