राजनीति


प्रधानमन्त्री ओलीको भेन्टिलेटरमा राखेर उपचार जारी

प्रधानमन्त्री ओलीको भेन्टिलेटरमा राखेर उपचार जारी

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १४:१७,

एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ।

सोमबार रातिदेखि पेटमा पीडा भएपछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथेरासिस भल्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार मध्यान्ह एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। उनलाई बिहान नौ बजे सेन्टरमा भर्ना गरिएको थियो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेन्टिलेटरमा राखेर उपचार भएपनि शल्यक्रियापछि कुनै प्रकारको जटिलता नथपिएको बताए। ‘एपेन्डिसाइटिसको अप्रेसनपछि प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएको छ’ थापाले भने, ‘एनेस्थेसिया शुरु गरेदेखि नै उहाँको स्वास्थ्यको पूर्ववत् अवस्थालाई समेत ध्यान दिँदै श्वास प्रश्वासमा कुनै समस्या नआओस भनि भेन्टिलेटरमा राखिएको हो। अपरेसनपछि कुनै प्रकारको जटिलता थपिएको छैन।’

यसैबीच अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे साँझ साढे ७ बजे जारी गरेको बुलेटिनमा उनको स्वास्थ्य स्थिति स्थिर रहेको जनाइएको छ।

अस्पताल स्रोतले भने प्रधानमन्त्री ओलीको एपेन्डिसाटिस पेटभित्रै फुटेको र त्यसको कारण संक्रमण भएको बताएका छन्। प्रधानमन्त्री ओलीलाई संक्रमण रोक्नका लागि एन्टिबायोटिक चलाइएको थियो। ‘एपेन्डिसाइटिसको शल्यक्रिया सामान्य नै हो। तर प्रधानमन्त्री स्वास्थ्यको अन्य नियमित जटिलताको कारणले समस्या आउने हो की भन्ने चिन्ता हो’ अस्पताल स्रोतले भन्यो, ‘अहिले एन्टिबायोटिक चलाइएको छ। त्यसले कति काम गर्छ हेर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले मृगौला प्रत्यरोपणपछि शरीरमा भएको प्रतिरोधी क्षमता कम गर्ने औषधि नियमित रुपमा लिँदै आएका छन्। ‘औषधिले राम्रोसँग काम गर्‍यो भने ३–४ दिनमा प्रधानमन्त्री घर फर्किन सक्नुहुन्छ,’ एक चिकित्सकले भने।

१२ वर्षअघि भारतमा प्रत्यारोपण गरिएको मृगौलाले कम काम गरेपछि प्रधानमन्त्री ओलीको कार्तिक यता चार पटक डायलासिस भैसकेको छ। पछिल्लो डायलासिस शनिबार गरिएको हो।

त्यसअघि मृगौलामा देखिएको एन्टि बडी घटाउन सिंगापुरमा प्लाज्मा फेरेसिस गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .