मिर्गाैला रोगबाट पीडित प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) बिहानै त्रिवि शिक्षण अस्पताल(महाराजगन्ज) पुगेका छन्।
प्रधानमन्त्री ओली केहीबेरअघि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोलोजी भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित स्वास्थ्य जाँचका सिलसिलामा प्रधानमन्त्रीलाई मंगलबार बिहानै अस्पताल लगिएको हो।
उनका अनुसार अहिले प्रधानमन्त्री ओली अस्पतालमै छन्।
प्रेस सल्लाहकार थापाले ‘नियमित स्वास्थ्य जाँच’ भने पनि प्रधानमन्त्री ओलीलाई केका लागि अस्पताल लगिएकाे हाे, विस्तृत कुरा खुलाएका छैनन्।
यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गाैलाको डायलासिस गराएका थिए।
प्रतिक्रिया