ad ad

खेल


प्रधानमन्त्री अस्पताल भर्ना भएपछि साग खेल्ने खेलाडीलाई अर्थमन्त्रीले सम्बोधन गर्ने

प्रधानमन्त्री अस्पताल भर्ना भएपछि साग खेल्ने खेलाडीलाई अर्थमन्त्रीले सम्बोधन गर्ने

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार ४:५२,

प्रधानमन्त्री केपी शर्मा ओली डायरियाका कारण अस्पताल भर्ना भएपछि अर्थमन्त्री युवराज खतिवडाले मंगलबार १३औं दक्षिण एसियाली खेलकुद(साग) खेल्ने खेलाडीलाई सम्बोधन गर्ने भएका छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे खेलाडीहरुलाई सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम थियो।

तर मंगलबार विहान प्रधानमन्त्री ओली डायरियाका कारण त्रिवि शिक्षण अस्पताल भर्ना भएको उनका प्रेश सल्लाहकार सुर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि साग खेल्ने खेलाडीलाई अर्थमन्त्री खतिवडाले सम्बोधन गर्ने राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताए।

‘प्रधानमन्त्रीले खेलाडीहरुलाई सम्बोधनसँगै प्याकेज घोषणा गर्नुहुने कार्यक्रम थियो,’ परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले भने, ‘सागको मुखैमा देशकै कार्यकारीले सम्बोधन गर्दा खेलाडीहरुको मनोबल बढ्ने आशा गरिएको छ। तर प्रधानमन्त्री अस्वस्थ भएपछि अर्थमन्त्रीले सम्बोधन गर्नुहुने भएको छ।’

सम्बोधनमा प्रधानमन्त्रीले खेलाडीलाई शुभकामना दिने भएपनि के कस्तो प्याकेज घोषणा गर्न लागिएको भन्ने बारे भने केही खुलाइएको छैन। पदक जित्ने खेलाडीलाई राष्ट्रले गर्ने सम्मान तथा प्रोत्साहनबारे सुनिश्चित पार्ने प्याकेज घोषणा हुने तिम्सिनाले बताए।

प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुर लगायतका ठाँउमा अभ्यासरत खेलाडी समेत काठमाडौं आएका छन्। प्रधानमन्त्री ओलीको सम्बोधनका लागि पोखरामा प्रशिक्षणमा रहेको महिला फुटबल र बीच भलिवल टोली पनि सोमबार साझ नै काठमाडौं आइपुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .