राजनीति


गभर्नर निलम्बन प्रकरण: आफ्नो धारणा सार्वजनिक गर्दै एमाले

गभर्नर निलम्बन प्रकरण: आफ्नो धारणा सार्वजनिक गर्दै एमाले

फाइल तस्बिर : एमाले अध्यक्ष केपी शर्मा ओली


नेपालखबर
चैत २७, २०७८ आइतबार १०:११, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गर्भनर निलम्बन गरिएको विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ। 

सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोबारे एमालेले आज दिउँसो साढे १२ पत्रकार सम्मेलन गर्न लागेकाे हो। 

कुन कानुनका आधारमा गभर्नर अधिकारी निलम्बनमा परे?

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलन गरिने भएकाे हाे। पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीहरूलाई पनि सहभागी हुने उनले जानकारी दिए। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीबारे छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेपछि उनी शुक्रबारदेखि स्वतः निलम्बनमा परेका हुन्। 

मुलुकको अर्थतन्त्र ध्वस्त पारेको तथा कार्यक्षमता अभाव देखिएको आरोप निलम्बित गर्भनर अधिकारीलाई लगाइएको छ।

एमालेका नेताहरूले भने अर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गर्न गभर्नर अधिकरीलाई कारबाही गरिएको भन्दै चर्काे विरोध गरिरहेका छन्। अहिले भने एमालेले यस विषयममा पार्टीगत रूपमा धारणा सार्वजनिक गर्न लागेको हो। 

गभर्नर निलम्बनविरुद्ध ओलीको टिप्पणी : धान खाने मुसो, चोट पाउने भ्यागुतो

–​गभर्नर निलम्बन प्रकरणमा एमाले नेता रिजालको टिप्पणी : ‘टाउको दुखेको औषधी नाइटोमा’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad