ad ad

राजनीति


महराको मुद्दा उच्चका मुख्य न्यायाधीश सुवेदीको इजलासमा

महराको मुद्दा उच्चका मुख्य न्यायाधीश  सुवेदीको इजलासमा

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार ६:४८,

जबर्जस्ती करणी उद्योगको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कृष्णबहादुर महराले साधारण तारेखमा बस्न पाउँ भनि उच्च अदालतमा दिएको निवेदमाथि शुक्रबार बहस हुँदैछ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासमा महराको निदेनमाथिको बहस हुने भएको अदालतले जनाएको छ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत, काठमाडौंले दिएको आदेश बदर गर्न माग गर्दै निवर्तमान सभामुख महराले उच्च अदालत, पाटनमा बिहीबार निवेदन दर्ता गराएका हुन्।

 उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार निवेदन दर्ता भएको नेपालखबरलाई बताए।

‘सुरू आदेश बदर गरि साधारण तारेखको माग राख्दै निवेदन दर्ता भएको हो’, रजिष्ट्रार दाहालले भने, ‘अदालतले कैफियत प्रतिवेदन मगाएर अध्ययनपछि मुद्दा अघि बढछ। अन्तिम आदेश हुन दुईमहिनासम्म समय लाग्न सक्छ।’

शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि महरालाई गत असोज १९ गते जिल्ला अदालत काठमाडौंले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो। अनुमति पाएसँगै प्रहरीले उनलाई सोही दिन बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो।

महरालाई जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। अहिले उनी डिल्लीबजारमा कारागारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .