ad ad

समाज


रूबीभ्यालीमा प्रहरी चौकी, रोकिएला त बहुमूल्य रूबीको तस्करी?

रूबीभ्यालीमा प्रहरी चौकी, रोकिएला त बहुमूल्य रूबीको तस्करी?

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार ६:२३,

 ​धादिङ जिल्लाको उत्तरी विकट हिमाली क्षेत्र रूबीभ्याली गाउँपालिका–५ लापामा नयाँ प्रहरी चौकी स्थापना भएको छ।

 बहुल्य पत्थर रुवी पाइने र त्यसको तस्करी हुने क्षेत्रका रुपमा परिचित सो क्षेत्रमा मन्त्रिपरिषदले गत असोज ७ गते प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको सोही निर्णय बमोजिक बिहीबार नयाँ प्रहरी चौकीको स्थापना गरिएको हो। प्रहरी चौकीको स्थापनासँगै रुवीको तस्करी रोकिने विश्वास गरिएको छ।

 ​धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ‍राजकुमार बैदवार र रूबीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङले बिहीबार आयोजित कार्यक्रममा उक्त प्रहरी चौकीको संयुक्त रुपमा उद्‍घाटन गरे।

​भौगोलिक कठिनाइको कारण संवेदनशील मानिएको सो क्षेत्रमा प्रहरी चौकी स्थापना भएबाट त्यहाँका नागरिकले सहज रुपमा प्रहरी सेवा प्राप्त गर्न सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ‍राजकुमार बैदवारले बताए। सेवासँग सँगै शान्ति सुरक्षा र अपराध नियन्त्रण गरी सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।

 कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका उप–निर्देशक मुकुन्द मरहठा, रुवीभ्याली गाउँपालिकाका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय बासिन्दाहरु लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .