राजनीति


मन्त्रिमण्डल पुनर्गठन आज नहुने, ओली र प्रचण्ड बाहिरिए

मन्त्रिमण्डल पुनर्गठन आज नहुने, ओली र प्रचण्ड बाहिरिए

नेपालखबर
मंसिर ४, २०७६ बुधबार १०:२९,

प्रधामन्त्री केपी शर्मा ओलीले बुधबार गर्ने भनेको मन्त्रिमण्डलको पुनर्गठन नहुने भएको छ।

प्रधामन्त्री ओलीले बुधबार मन्त्रिपरिषदको पुनर्गठनको तयारी गरेका थिए। दुई अध्यक्षबीच राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा मन्त्री हेरफेरमा सहमति भएको थियो।

प्रधानमन्त्री ओलीले बुधबारै साँझ होटल याक एन्ड यतीमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुपर्ने भएका कारण बुधबार मन्त्रिपरिषद पनर्गठन नहुने भएको हो।

अध्यक्ष प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले बुधबार मन्त्री हेरफेर नहुने भएको बताएकी छन्। उनका अनुसार अध्यक्ष ओलीको व्यस्तताका कारण मन्त्रिपरिषद पनर्गठन नहुने भएको हो।

‘दुबै अध्यक्ष एक कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले आज मन्त्रिपरिषद पुनर्गठन नहुने भएको छ’, दाहालले नेपालखबरसँग भनिन्, ‘हामी बालुवाटारबाट निस्कियौँ।’

यता बालुबाटार स्रोतले पनि बुधबार मन्त्रिपरिषको पुनर्गठनको सम्भावना कम रहेको बताएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्री ओली एक कार्यक्रममा सहभागी हुने भएका कारण आज पुनर्गठनको सम्भावना कम भएको हो। ‘प्रधानमन्त्रीज्यू अहिले श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न  हाेटल याक एन्ड यती जाँदै हुनुहुन्छ’, थापाले नेपालखबरसँग भने।

बुधबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्री हेरफेरमा छलफल भएको थियो। त्यसलगत्तै दुई अध्यक्ष थप छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए।

दुई अध्यक्षको राष्ट्रपतिसँगको छलफलपछि बुधबार दिउँसो बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठक बस्यो। बैठकले दुवै अध्यक्षको कार्यविभाजन गर्दै सरकारको सम्पूर्ण अधिकार प्रधामन्त्री ओलीलाई र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad